आँखाभित्र उनलाई लुकाई ओंठमा ताला मारिरहे
मनले लाखौं वोल्न खोज्यो मैले आवाज टारिरहे
आकृति त्यो जहाँ जान्छ त्यतै त्यतै ध्यान सँधै
हराउँछ कि उनको छायाँ ? अन्तै दृष्टि बारिरहे
जुनीभरको साइनो माग्यो कल्पनाको तरेलीले
हृदयमै बस भनि यो दिलको ढोका उघारिरहें
घाम लाग्दा बाग खने पानी पर्दा सिंचन गरे
माया टिप्ने आशा साँची पुष्पवृक्ष्य सारिरहे
समयलाई पछ्याउँदै जाँदा अफसोच ! पछि परें
सपनाहरु वादल पारि म'चैं ट्वाल्ल! वारि रहें
थाहै नपाइ पराई आइ मेरो फूल चुँडाइ लग्यो
नि:शब्द भइ सुँक्कसुँक्क आँशु मात्र झारिरहें
----------------------------------------------
कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले
बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले
मल र पानीले ढाडिएका फाँटहरुमा लत्रिएको देख्छु
भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले
जिन्दगी जिएर वाँच्नेहरु सिर्जनाको खेति गर्दै
वाँचेको स्वाङ्ग रच्नेहरु खुट्टा तान्दैछन सुलसुले
पसिनामा रमाउने हातहरु मुख जोड्नमै अहोरात्र
रगत पिउनेहरुले थेच्चिएरै पुस्तौं पुस्ताको असुले
जो भरी छन भुँडि रमाउँदैछन मालिकको खटनमा
निर्विघ्न उड्न चाहने सुगाबाट पिंजराका चावी खुले
-------------------------------------------------
कल्पना सपना रैछ विपना सम्झि साँच्न थालें
सम्झना मृत्युमा रैछ जीवनमा सम्झि बाँच्न थालें
भाग्य खोटो छैदै थियो कर्म पनि कस्तो रुखो ?
विफलता गर्भमै कोरिएको नियतिलाई जाँच्न थालें
नशाले चुर सबै बेसुर गिलाँस भर्न मात्र ठिक्क
होशमै तर आँगन टेढो जग हँसाउन नाँच्न थालें
शासको आशमा भासिएरै लड्दै पड्दै भाग्दै हिंडे
गोमन अघी पर्नु रैछ हातको लठ्ठी भाँच्न थालें
------------------------------------------------
मन दुखाएर मायालुसंग रुँदै एक्लै बिताएको अँध्यारो रात कस्तो ?
मन मिलाएर प्रीत गाँसेपछि संगै आएको उज्यालो प्रभात कस्तो ?
पीडा सल्किएको अनुहार अनि रोदनले ओइलाएका आँखा कस्तो ?
हाँसो छल्किएको मुहार अनि खुशी रसाएका आँशुको वर्षात कस्तो ?

No comments:
Post a Comment