प्रिय प्रचण्डजी,
तपाई नेपालमा पारम्परिक सैनिक शक्तिको केन्द्र दरबारलाई पराजित गरि जनवादी शासन स्थापना गर्ने अभिष्ट लिएर दशौं हजार युवाहरुलाई सशस्त्र युद्धका लागि परिचालित गरिरहेको पार्टी नेकपा माओवादीका शक्तिसाली अध्यक्ष तथा तपाईंहरुकै शब्दमा जनमुक्ति सेनाका कमाण्डर पनि हुनुहन्छ। तपाईंको नेतृत्वमा माओवादी विद्रोहीहरुले विगत एक दशकमा नेपालको मूख्यतया प्रहरी र केहि हदसम्म सैन्यबललाई पनि कतिपय युद्धमोर्चाहरुमा पराजित गरि केहि सैन्य सफलता हाशिल गरेकाले तपाईंहरुको पार्टी हाल नेपालको एउटा उल्लेख्य शक्तिका रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा परिचित भएको छ भन्ने तथ्यलाई नकार्न सकिदैन। विगतमा तपाईहरुले युद्धमैदानमा हाशिल गरेको सफलतालाई नै आधार वनाएर माओवादी विद्रोहीहरुले अनेकौ पटक देखाएका आतंकवादी चरित्रहरुका वावजूद उनिहरु देशको एउटा राजनीतिक शक्ति हुन् र उनिहरुलाई राजनीतिको मूलधारमा सुरक्षित रुपमा अवतरण गर्न दिइनुपर्छ भन्ने मान्यता मुलुकको विद्वत बर्ग र नागरिक समाजले राखेको हो। सदरमुकाम केन्द्रित सरकारी सुरक्षा संयन्त्र माथी बेलाबेलामा धावा बोली उनिहरुको अखडा केहि घण्टासम्म कब्जामा लिन सक्नु, धेरै हताहति निम्त्याउन सक्नु र हतियार लुट्न सक्नुलाई नै तपाईहरुले जनयुद्धको सफलताका रुपमा लिइरहनु भएको छ भन्नेकुरा तपाईहरु स्वयंबाट बेलाबेलामा आइरहेका वक्तव्य र प्रचारबाजीबाट बुझ्न सकिन्छ। यद्यपि तपाईहरुको जनमुक्ति सेनाले निरन्तर रुपमा सरकारी सेनामाथी ठूलो स्तरका हमलाहरु गर्न नसक्नु, सेनालाई पराजित गरेका स्थानहरुमा दीर्घकालिन उपस्थिति जनाउन नसक्नु र थोरै संख्यामा तर नियमित तवरले तपाईका लडाकूहरु सरकारी सेनाबाट मारिइरहनु पनि सिक्काको अर्को पाटोबाट देखिरहेको अर्को यथार्थता हो। दश वर्षको अवधिमा प्राप्त सफलताका कारण तपाईहरु सवै या तपाईंहरु मध्ये केहिलाई यहि जनयुद्धलाई निरन्तरता दिएर नेपालको केन्द्रिय शासन सत्ता हत्याउन सकिन्छ भन्ने आशा जागृत भएकोह हुनसक्छ। एक्लै सत्ता कब्जा गर्न सकेमा हामीले चाहेकै ढंगले शासन चलाउन सक्छौं भन्ने महत्वाकांक्षा पनि तपाईहरुमा नरहेकोहोला भन्न सकिन्न। आशा गर्नु र महत्वाकांक्षा राख्?नु अवश्य पनि नराम्रो होइन तर त्यो कतिसम्म प्राप्य होला भन्ने कुरा पनि विचारणिय हुन्छ। देशको वास्तविकता र अन्तराष्ट्रिय राजनीतिक परदृश्यलाई पनि विश्लेषण गर्दा र तपाईहरुको सैनिक सफलतालाई बिचार गर्दा के कुरामा प्रष्ट हुन सकिन्छ भने माओवादी एक्लैले नेपालमा पारम्परिक राजतन्त्रलाई पराजित गरि जनवादी सत्ता लागु गर्न कम्तिमा अबको आधा शताव्दि सम्ममा पनि सम्भव र ग्राह्य देखिदैन। बरु तपाईका अल्पमत पक्षका नेता वावुराम भट्टराईले भनेझै प्रजातान्त्रिक गणतन्त्र स्थापनाको लक्ष्य प्राप्त गर्न राजतन्त्रको आवश्यकता नदेख्ने सवै शक्तिहरुसंग सहकार्य गर्नु तपाईंहरुका लागि हितकर ठहरिनेछ। नेपालमा अहिले राजतन्त्रको निरन्तरतालाई आवश्यक नठान्ने मानिसहरुको संख्या बढ्दै गइरेकोछ र सम्भवत यो जनमतनै देशको निर्णायक मत हो भन्ने अनुमान असान्दभिर्क नरहला। तर देशमा कम्युनिष्ट गणतन्त्रको स्थापनालाई मान्न तयार जनमत बन्ने सम्भावना बदलिदो विश्व परिस्थितिका कारण क्रमश क्षिण वन्दै गइरहेको यथार्थलाई तपाइजस्तो राजनीतिको कुशल खेलाडी र सफल संगठकले आत्मसात गर्नेपर्ने हो। यदि लक्ष्य प्राप्ति कठिन मात्र नभै असम्भव देखिन्छ भने आफ्नो सामर्थ्य त्यसमा खर्चनुको औचित्य रहन्न। त्यस स्थितिमा लक्ष्यलाई व्यवहारिकता प्रदान गर्न आफ्ना अवोधगम्य हठहरुलाई परित्याग गरि यथार्थपरक र वस्तुनिष्ठ उद्येश्य तय गर्नुपर्छ।त्यसकारण यदि तपाईंको पार्टी साच्चैनै देशलाई व्यवहारिक परिवर्तन दिन चाहन्छ भने जनवादी गणतन्त्रको स्वप्निल लक्ष्यलाई पछाडी छाडेर राजाको सम्वैधानिक सर्वोच्चतालाई अस्विकार गर्ने शक्ति तथा जनसमुदायसंग सहकार्य गरि प्रजातान्त्रिक गणतन्त्रको सम्भव लक्ष्य निर्दिष्ट गर्नु तपाईहरुको राजनीतिक सुझबुझ हुनेछ। यो लक्ष्य प्राप्त गर्न शुरुमा दरबारसंग मध्यमार्गी सम्झौता गरेपनि खासै घाटा नलाग्ने कुरा राजतन्त्रको बढ्दो अलोकप्रियतासंग गासेर हेर्न सकिने रणनीतिक चातुर्य हो। यसबाट एकातिर देशमा हिंशा र रक्तपातको जोखिम पनि घट्नेछ भने अर्कोतर्फ राजतन्त्रको सान्दर्भिकता नदेख्ने तर शान्तिपुर्वक त्यस्तो संक्रमण भएको हेर्न चाहने उदार गणतन्त्रादीहरुको समर्थन हाशिल गर्न पनि सकिनेछ। अन्यथा एक्लै शाही नेपाली सेनालाई परास्त गरि राजतन्त्र उखलेर नेपालमा कम्युनिष्ट गणतन्त्र स्थापना गर्न र अन्तराष्ट्यि जगतबाट एक्लिएर त्यसलाई निरन्तरता दिन सकिन्छ भन्ने हठ माअनोवादी नेतृत्वले लिइरह्यो भने तपाइहरुको राजनीतिक जीवन त्यसै खेर जानेछ। अनि देश पनि बाह्य शक्तिकेन्द्र र स्वदेशी सामन्तहरुको पंजामा अझ कडा रुपमा जकडिनेछ र तपाहरुले अहिलेसम्म जोडेको शक्ति पनि क्रमश कमजोर हुदै तहसनहस हुनपुग्नेछ। । तसर्थ तपाईंहरु वास्तवमै देशलाई ठोस राजनीतिक परिवर्तन? दिन चाहनुहुन्छ भने जनवादी गणतन्त्रको रुमानी कल्पनालाई छाडेर समस्त गणतन्त्रवादी सोच राख्?ने जनसमुदायहरुसंग सहकार्य गर्ने औपचारिक घोषणा गर्नुहोस। देशमा हत्या हिंशा बढाउने भन्दा पनि आफ्ना लडाकु र कार्यकर्ताहरुलाई प्रजातान्त्रिक गणतन्त्रको सान्दर्भिकताको व्यापक प्रचार प्रसार गर्न लगाउने र नेतृत्व तहले तानाशाही राजतन्त्रको विरोध गर्ने सबै राजनीतिक शक्तिहरुलाई त्यस उपलब्धिका लागि संयुक्त आन्दोलनमा उत्रिन आव्हान गर्ने पहिलो कदम छिटो भन्दा छिटो चाल्नु मनासिव हुनेछ। तपाईहरुको सवभन्दा पहिलो काम आम जनसमुदायलाई आफूहरु आतंकवादी र उग्र कम्यूनिष्ट दुवै हाइनौ र हामी नेपालमा सामन्ति राजतन्त्रलाई तह लगाएर जनतालाई सत्ताको सर्बोच्च मालिक वनाउनका निम्ति लड्दैछौं भन्ने विश्वास जगाउनु हुनुपर्नेछ। हैन भने समयको प्रवाहले तपाईंहरुको अहिले सम्म आर्जित शक्तिलाई बगाएर निष्प्राण तुल्याई नदिकिनारको बगरमा हुत्यादिनेछ। समयको यथार्थपरक मागलाई बेवास्ता गर्ने भूल क्षणिक युद्ध उन्मादलाई आधार बनाएर कायम नराख्?न माओवादी अध्यक्ष प्रचण्डलाई एक शान्ति, न्याय र स्वतन्त्रता प्रेमी तर अराजनीतिक नेपाली नागरिकका हैसियतले मैले आव्हान गर्नुपरेको छ।
प्रचण्डजी, माओवादी आन्दोलनमा प्रत्यक्ष सहभागिता नजनाइरहेको नेपाली जनमानसले तपाईंहरुको कृयाकलाप प्रति कस्तो दृष्टिकोण राख्छ भन्ने कुरा तर्फ तपाईंहरुले खासै ध्यान नदिने गरेको पाइएपनि जनयुद्धलाई समर्थन नगर्ने जनमतले देशको जनसंख्याको ठूलो हिस्सा आगट्ने भएकाले त्यसतर्फ विचार पु-याउनु बुद्धिमतापूर्ण हुनेछ। दीर्घकालिन रुपमा देशको शासन गर्न चाहने राजनीतिक संगठनले बहसंख्यामा रहेको राजनीतिक अभिमतलाई दमन गरेर सत्तामा टिकिरहन सक्दैन भन्ने तथ्यलाई तपाईहरुले बुझ्नुपर्ने हुन्छ। त्यसमाथी विश्व कम्युनिष्ट आन्दोलनले आफ्नो लोकप्रियता गुमाउदै गइरहेको, धेरै देशहरुमा कम्युनिष्ट शासन पतन भैसकेको र चीन जस्ता कम्युनिष्ट राष्ट्रले पनि कट्टर साम्यवादी राजनीतिक प्रणालीमा आमुल सुधार गर्दै पुजिवादी शैलिको आर्थिक तथा औद्योगिक नीतिको अवलम्वन गरेर सफलताको सिंढी उक्लिरहेको देख्दादेख्दै यो वास्तविकता प्रति आँखा चिम्लिएर माओवाद, मार्क्सवाद,लेनिनवादको अन्धभक्तिमा लिन भैरहदा राजनीतिक खेलमा पराजित हुने खतरा बढ्दै जान्छ। नेपालको भूराजनीतिक यथार्थता, छिमेकी चीनले दरबारलाई दिईरहेको विश्वास, उदार पुजिवादी प्रजातन्त्र भएका राष्ट्रहरुको समृद्धि र साम्यवाद लागुरहेका उत्तरकोरिया जस्ता राष्ट्रका जनताको जीवनस्तरमा देखापरेको संकट आदि परिवेशहरुलाई केलाउदा तपाईहरु कथं कदाचित विजयी भइहाल्नु भएछ भने पनि नेपालको स्थितिमा सुधार गर्नुको साटो झन खराब तुल्याउने कुरा छर्लङ्ग छ। अहिले तपाईंहरुको पार्टी बैचारिक आधारमा भन्दा सैनिक सामर्थ्यका आधारमा चलिरहेको निर्विवाद छ। कम्युनिष्ट आन्दोलनमा सैन्यवाद हावी हुनु कुनै नौलो कुरा नभएपनि बैचारिक मन्थनलाई पूर्णतया दरकिनार गर्नु सर्बथा अनुचित सिद्धहुनेछ। तसर्थ तपाईंहरुले एकछिन पार्टीको सैद्धान्तिक विभागमा देखिएका कमिकमजोरी र असान्दर्भिकतालाई पुनरावलोकन गर्नुपर्ने देखिन्छ। यसका लागि प्रथमत एक्लो सशस्त्र क्रान्तिद्वारा नेपालमा परम्परागत राजतन्त्रको जरा उखेल्न सकिन्छ भन्ने विश्लेषणलाई परित्याग गर्नुपर्छ। यसका साथै उदार पुजिवादी प्रजातन्त्रको सफलतालाई उपेक्षा गरेर पूर्णतया साम्यवादी गणतन्त्र स्थापित गरि शासन चलाउन सकिन्छ भन्ने मनगढन्त सोंचलाई पनि परिमार्जन गर्नुपर्छ। नेपालको राजनीतिक , सामाजीक प्रगतिमा पारम्परिक राजतन्त्र एउटा वाधक हो र कि त यसले आफूमा वास्तविक सुधार गरेर सर्वसाधारणकै जीवनशैलि अपनाउन सिक्नुपर्छ कि त यसलाई सदाका लागि समाप्त गरिनुपर्छ भन्ने दृष्टिकोण क्रमश बलियो हुदै गइरहेको परिप्रेक्ष्यमा अब माओवादीहरुले आफ्नो लक्ष्य जनवाद नभएर प्रजातान्त्रिक गणतन्त्र हो भन्ने घोषणा ग-यो भने माओवादी आन्दोलनले अपेक्षाकृत सफलता प्राप्त गर्न सक्ला कि भनेर अपेक्षा गर्न सकिन्छ। यद्यपी यो लक्ष्यपनि तत्कालका लागि त्यति सहज देखिन्न, अपितु यो बाटोले दीर्घकालमा आफ्नो गन्तव्य पहिल्याउने सम्भावना प्रसस्त छ।
यतिखेर तपाईंहरु ठ्रलै संकटमा पर्नुभएको प्रतित हुन्छ। एकातिर उग्र राजतन्त्रवादीहरु एकाएक शक्तिको केन्द्रमा पुगेका छन् भने अर्कोतर्फ वावुराम भट्टराई प्रकरणका कारण माआवादीको सामरिक प्रत्याक्रमणमा सिथिलता उत्पन्न भएको प्रष्टै देखिन्छ। तपाईंहरुले जतिसुकै खण्डन मण्डन गरेपनि यि दुवै तथ्यहरु तपाईंहरुका लागि प्रत्युत्पादक भएको निश्चित छ। नेपालको केन्द्रिय शासन उदार बहुदलवादी नेताहरुले हाँक्ने बेलासम्म तपाईहरु समयको प्रवाहलाई विचारेर उनिहरुसंग दीर्घकालिन रुपमा फाइदामन्द हुने सम्झौता गर्न हिच्किचाउनुभयो। तपाईहरुको यहि कमजोरीको लाभ उठाएर प्रतिगमनकारीहरुले जनताका वँचेखुचेका स्वतन्त्रताहरु पनि हरण गर्न सफल भए। तपाईहरुले प्रजातन्त्र लुछिएकोमा जतिसुकै गोहीको आँशु बगाए पनि यसमा शेर बहादुर देउवा जति जिम्मेवार छन् त्यसभन्दा बढि माओवादीहरु जिम्मेवार रहेको प्रजातन्त्रमा निष्ठा राख्ने हरेक नेपालीहरुले बुझ्ने कुरा हो। जेठ १९को दरवार हत्याकाण्डपछि राजतन्त्र कमजोर हुदै गएको थियो, वर्तमान राजा र त्यसमा पनि युवराज प्रति जनताको विश्वास अत्यन्त धमिलो थियो र २०४७ सालको सम्विधानमा सम्विधान संशोधनको व्यवस्था विद्यमान नै थियो। त्यसमाथी प्रमूख राजनीतिक दलहरुमा गणतन्त्रवादी वहश बढ्दै गइरहेको थियो। यि तमाम कुराहरुलाई मध्यनजर गर्दै तिनै नेताहरुसंग सम्झौता गरेका भ?ए नेपालमा हजारौ युवाहरुको रगतको खोला पनि वग्ने थिएन, केहि सिमित प्रजातान्त्रिक हक अधिकार खोसिने पृष्ठभूमी पनि बन्ने थिएन र गणतन्त्रको खुलेआम बहस गर्ने राजनीतिक वातावरण झन सफेद हुदैजाने थियो। तपाईंहरुले आफ्नो शक्तिको गलत आँकलन गर्दा माओवादीहरु त कमजोर भए भए, जनता पनि कमजोर वन्नपुगे। बितेको कुरा किन गर्नु ? अहिले पनि तपाईहरुले आफ्न गलत कार्यहरुलाई निरन्तरता दिएर निरंकुशतावादीहरुलाई परोक्ष रुपमा सहयोग पु-याइराख्नु भएको छ। पार्टीभित्र बिचार र सिद्धान्तहरुको प्रजातान्त्रिकरण हुनुपर्छ र व्यक्तिपूजाको गलत प्रथा स्थापित हुनुहुँदेन भन्ने वावुराम भट्टराईमाथी तपाईले गरेका कारवाहीले सबभन्दा बढि घाटा नेकपा माओवादीलाई नै लागेको छ भने सवभन्दा बढि फाइदा उग्र दक्षिणपन्थी राजावादीहरुलाई मिलेको छ। डाक्टर भट्टराई र हिशिला यमीलाई निष्काशन गरिएको समाचारको जतिसुकै खण्डन गरेपनि तपाईहरुले उनिहरुका विचारलाई पार्टी हाइकमाण्ड मार्फत दबाइरहनुभएको छ र उनिहरु निरन्तर रुपमा अपहेलित भइरहेका छन् भन्नेकुरा सबैलाई थाह भैसक्यो। आन्दोलनको सुत्रपात देखिनै अनवरत पार्टीका सिद्धान्त र संगठनहरुलाई बलियो वनाउन क्रियाशिल भट्टराई जस्ता वुद्धिजीविलाई त कमरेड प्रचण्डले देखि सहन्नन भने साम्यवादलाई स्विकार गर्न नचाहने आम जनमानसमा उनको रबैया कस्तो होला अनुमान गर्न सकिन्छ। तपाईंको यहि नीति नै माओवादी कार्यनीतिका रुपमा जारी रह्यो भने प्रचण्डलाई पोलपोट र नेकपा माओवादीलाई खमेर रुज भनेर सम्बोधन गर्नु गलत हुनेछैन। पोलपोट र खमेर रुजहरुको राजनीति अब इतिहास बनेर गयो। माओवादीहरु पनि इतिहास बन्ने कि आफूहरुलाई सुधार गरेर देशको सामन्ति राजतन्त्रलाई ठेगान लगाउन शान्तिपूर्ण र व्यवहारिक नवीन आन्दोलनको शुरुवात गर्ने भन्ने निर्णय अव तपाईंकै हातमा छ। तर निरंकुश राजतन्त्र नेपालका लागि जति खतरनाक छ त्यति नै खतरनाक तपाईंहरुले अहिले अंगिकार गरेको प्रचण्डपथ छ। देशमा प्रजातान्त्रिक गणतन्त्रका लागि सम्भावनाका प्रशस्त ढोकाहरु खुलेका छन्। तपाईहरु उक्त ढोकामा छिर्नका लागि अब प्रजातान्त्रिक शक्तिहरुसंग मिलेर शान्तिपूर्ण आन्दोलनमा लाग्नु उत्तम हुन्छ। तपाईलाई नेतृत्व र सत्तालिप्सा नभएको भए सहकर्मी र सहधर्मी वावुराम भट्टराईलाई खुम्च्याउने प्रयाश गर्नुहुने थिएन। त्यो तपाईंकै राजनीतिक कमजोरीका कारण नै भएको हो। सर्वर्पथम त्यो कमजोरीलाई सच्याउनुस, त्यसपछि जनवादी शासन लाद्ने दिवास्वप्न त्याग्नुस र आतंकवादी शैलिका हत्याहिंशा र पूर्वाधार नष्ट गर्ने आक्रमणहरु पनि छाडिदिनोस। व्यवहारिक राजनीतिको बाटोमा आउने प्रयाश गर्नुस। अझैपनि केहि समय वाँकि छ तपाईंहरुका लागि। अब पनि बुद्धि पुगेन भने तपाईलाई सहानुभूति दिनेहरुले समेत तपाईंको राजनीतिक अवसानमा सन्तोषको श्वास फेर्नेछन्। कृपया उग्र दक्षिणपन्थिहरुलाई मनपरि रजाईं गर्ने मौका नदिनोस ।अन्यथा तपाईले मर्ने बेलामा कुन कुरामा चित्तबुझाउन सक्नुहोला प्रचण्डजी ?

No comments:
Post a Comment