- राजन काफ्ले
राजतन्त्रकाे धङ्धङि र यथार्थ
पत्रकारिता, मिडिया र रवि लामिछानेकाे राजनीति
- राजन काफ्ले
लेख अडियाेमा सुन्नाेस
इन्टरनेटकाे विकास र विस्तारसंगै छापा माध्यामकाे पत्रकारिता केहि दशक भित्रै लाेप हुने भविष्यवाणि २० औं शताव्दीकाे अन्तिम तिरै गरिएकाे थियाे। डिजिटल मिडियाकाे मारमा परेर पछिल्लाे २० बर्षमा दशाैं हजार पत्रपत्रिकाहरू बन्द भएका छन्। इन्टरनेट फैलिनुअघि दशाै लाख प्रति बिक्री हुने कतिपय अखबारहरू अहिले लाख प्रति पनि बिक्री हुन गाह्राे हुन्छ। पश्चिममा धेरै नाम चलेका अखबारहरू बन्द भैसकेका छन् ; कतिपय नाम बजारमा देखिन मात्रै थाेरै संख्यामा छापिन थालेका छन भने अरू धेरै छापा बन्द गरेर अनलाईन मात्रै चल्न थालेका छन्। छापिएका अखबारले पनि डिजिटल बिस्तारलाई प्राथमिकता दिएका छन् किनभने छपाई एकदम महंगाे छ, छापाबाट ग्राहकसम्म ढुवानी खर्चकाे छुट्टै भार छ, अनि त्यति गर्दा पनि पत्रिका किनेर पढिदिने ग्राहक पाउन मुश्किल छ। प्राय सबै पत्रपत्रिकाका लेख/समाचारहरू इन्टरनेटमा पाइन्छ। उनिहरुका वेवसाइटमा नगैकन गुगल न्युज, फ्लिपबाेर्ड जस्ता एग्रिगेटर अथवा टि्वटर,फेसबुक जस्ता सामाजिक संजालबाट छिनछिनमा अपडेट हुने समाचार र लेखहरू हातैकाे माेबाइल/ ट्याबलेटमा आउने भएपछि पैसा तिरेर फराकिला अखबारमा किचिरा अक्षर पढ्ने उत्साह कसलाई आओस? त्यसमाथी अचेल त पत्रिका पढिदिने अडियाे याप र पडकाष्ट पनि पाइन्छ। पत्रिका पढ्ने पुस्ता बुढाे हुँदै गएपछि माेबाइल फाेन खेलाएर हुर्केकाे नयाँ पुस्ताले अखबार पढ्देला भन्ने साेंच्नु त आकाशकाे फल आँखा तरी मर भनेजस्तै हाे। निचाेड के हाे भने छापा अखबारहरू ढिलाेचाँडाे लाेपहुने पक्कापक्की छ।पछिल्ला दशकमा प्रिन्ट मिडियाका मालिकहरू छापा पत्रकारिताकाे आयु जतिसक्दाे लम्ब्याउन र आम्दानीकाे स्राेतलाई अखबारमा छापिने बिज्ञापनबाट भन्दा पनि अरु तरिकाले बढाउन लालायित भएका छन्। एक त अखबार चलाईराख्न लाग्ने खर्च ठूलाे हुन्छ, त्यसमाथी समाचार बटुल्ने पत्रकारहरू र लेख, कार्टुन, फाेटाेका कन्ट्रब्युटरहरूलाई तलव, भत्ता, पारिश्रमिक दिनैपर्यो। बढ्दाे खर्च कटाएर लगानीकाे प्रतिफल प्राप्त गर्न विज्ञापनले मात्र नपुगेपछि उनीहरूले पत्रिकासंगै अरू सामान/सेवा/सुविधाकाे प्याकेज बेचेर नाफा बढाउने, अनि आफुसंग रहेकाे पुँजी, ब्रान्डभ्यालुबाट जम्मा गरिएकाे अतिरिक्त काेष अन्य व्यवसायमा लगानी गर्न थालेका छन्। यसले गर्दा उनिहरूकाे स्वार्थ स्वतन्त्र पत्रकारिताकाे दायराबाट फाटेर कम्तिमा खर्च चलाउने र सकेसम्म नाफा कमाउने तर्फ अग्रसर भएकाे छ। घाटा बेहाेरेर केहि बर्षमा बन्द हुने कि आफ्नाे नाम र अस्तित्वलाई जाेगाई राख्न स्वतन्त्र पत्रकारितामा कति हदसम्म कम्प्राेमाइज गर्ने भन्ने यक्षप्रश्न उनीहरूकाे अहिलेकाे सबभन्दा ठूलाे चुनाैति हाे। मर्नु भन्दा बहुलाउन निकाे भनेझै अस्तित्व बचाइ राख्न पेशागत धर्ममा सानाेतिनाे कम्प्राेमाइज गर्नु अहिलेका पत्रकार/प्रकाशकहरूकाे रहर नभएर वाध्यता पनि हाे। पत्रकारहरूलाई औंला ठड्याउन सजिलाे हुन्छ तर हामी मध्ये धेरैले आफ्नाे काम/कार्यक्षेत्रमा नचाहेका एकाध कुरा गरेकै हुन्छाै- किनभने निष्ठा र नैतिकता भन्दा माथी जिविकाकाे सवाल हुनु सबैकाे यथार्थ हाे। धेरै नाम चलेका प्रकाशनगृह, अखबारका मालिकहरूले अस्तित्व बचाउनकै लागि या त स्वार्थ बाझिने ब्यवसायमा लगानी गरेका हुनसक्छन या कहिलेकाहिं अन्य ठूला ब्यापार व्यवसायीहरू, पहुँचवाला व्यक्तिहरू, धनाढ्यहरू,राजनीतिज्ञहरूकाे पक्ष/विपक्षमा लेख्न लगाइरहेका हुनसक्छन्। त्यसमाथी पत्रकारिता बाहिर जुन ब्यवसायमा लगानी भएपनि आफ्नाे मिडियालाई सम्पादकीय स्वतन्त्रता दिने प्रकाशकहरूलाई औंला ठड्याउन मिल्दैन। पेशा नै कहिलेसम्म टिक्ने हाे ठेगान नभएका पत्रकारहरूले पनि परिवार पाल्नका लागि स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ समाचार लेख्नुपर्ने धर्मलाई कहिलेकाहिं वेवास्ता गरेहाेलान भन्नु असत्य नहाेला। एकतर्फी बढाइचढाइ वा तिव्र विराेधले भरिएका समाचार/लेख पढ्दा कुनै सामान्य पाठकले पनि यस्ता स्वार्थकाे गन्ध थाह पाइहाल्छ।
इंग्ल्याण्डबाट छापिने विश्वविख्यात गार्डियन समाचारपत्र नाफामुखी भएर पत्रकारिताकाे धर्म निभाउन नसक्ला भनि सन् २००८ बाट ट्रस्ट खाेलेर त्यसकाे स्वामित्वमा चलाउन थालिएकाे थियाे। झण्डै २० बर्षदेखि लगातार जसाे घाटामा चलिरहेकाे गार्डियनकाे संचालक स्कट ट्रस्टले समेत अखबारलाई जाेगाउन नाफामुखी ब्यापार ब्यवसायमा लगानी गर्ने एउटा भेन्चर क्यापिटलमा उल्लेख्य हिस्सा लिएकाे छ। नाफाका लागि मिडिया चलाउने ब्यापारीहरूले त झन पत्रकारिता बाहिर लगानीका हांगाविंगा फैलाउनु नाैलाे कुरै भएन। त्यति मात्रै हैन पत्रिकाहरूले विभिन्न राजनीतक धार लिएर आफ्ना पक्षकाे गुणगान गाउने र विपक्षकाे हुर्मत लिने चलन बेलायतमा मात्रै सय बर्ष कटिसकेकाे छ। राेदरमेर परिवारकाे स्वामित्व रहेकाे डेली मेलले दाेस्राे विश्वयुद्धकाे शुरूवातमा जर्मन नाजीहरूकाे समर्थन गरेकाे थियाे। दक्षिणपन्थी कन्सरभेटिभ दलकाे आँखा चिम्लेर भक्ति गाउने उक्त पत्रिकाले राजकुमार ह्यारीकाे बिहेपछि उनकी मिश्रित रंगकी श्रीमती मेगनकाे हुनसम्म खेदाे खनिरहेकाे छ। रुपर्ट मर्डकका मिडियाहरूले अमेरिकाकाे समाजकाे ठूलाे हिस्सालाई उग्रदक्षिणपन्थी बनाइदिएकाे डाेनाल्ड ट्रम्पहरूकाे सफलताले प्रमाणित गरिदिएकाे छ। त्यसैले प्रेस धेरै बलियाे भयाे र देशकाे राजनीतिमा आवश्यकता भन्दा बढि हावी भयाे भन्ने आराेपमा केहि सत्यता भएपनि नेपाल मात्र यस्ताे अपवाद हाेइन। संसारभरीकाे चलन यस्तै छ, बरू कम्युनिष्ट चिन, पुँजिवादी अमेरिका र यहिं छिमेककाे भारत भन्दा हाम्राे छापा संचार अलि स्वतन्त्र र सन्तुलित भएकाे उदाहरण प्रसस्त भेट्न सकिन्छ।
नेपालमा हालै नयाँ राजनीतिज्ञ बनेका पूर्व संचारकर्मी रवि लामिछानेले कान्तिपुर लगायतका ठूला संचार गृहमाथी आक्रामक विराेध बर्षाएपछि उनकाे भनाईकाे पक्ष/विपक्षमा अनेक टिका टिप्पणीहरु भैरहेका छन्। राजनीति शुरु गरेकाे केहि महिनामै टेलिभिजनकर्मी रवि लामिछाने धेरैलाई चकित पार्दै निर्वाचित सांसद र गृहमन्त्री बने अनि त्यसकाे महिना दिन कटेपछि दुवै पद गुमाउनुपर्यो। अमेरिकी नागरिकता लिएपछि पनि पुरानै नेपाली नागरिकता प्रयाेग गरेकाे अभियाेगमा सर्वाेच्च अदालतले उनकाे सांसद र गृहमन्त्री पद खाेसिदियाे। २ दिनपछि काठमाण्डौ जिल्ला कार्यलय गएर प्रकृया बमाेजिम नेपाली नागरिकता पुनः प्राप्त नगर्दासम्म अनागरिक भएकाे दावी उनकाे थियाे। प्राविधिक रूपमा उनी दुई दिन राज्यविहिन भएकाे साँचाे हाे - जुन मानवअधिकारकाे सर्वमान्य सिद्धान्तसंग पनि मेल नखाने कुरा हाे। लगत्तै नेपाली मिडिया र सामाजिक संजालमा अमेरिकी नागरिक भएकै बेला रविले गैरकानूनी रूपमा नयाँ नेपाली पासपाेर्ट बनाएकाे समाचारलाई उछालेर प्रचारप्रसार गरियाे। उनका विरूद्ध फेरी मुद्दा लाग्ने, जेल जाने, आजिवन चुनाव लड्न नपाउनेसम्मका सबै अड्कलबाजी गर्न मूलधारमा स्थापित प्रेस र निश्चित राजनीतिक झुकाव राख्ने बुद्धिजिवीहरू खनिएर लागेजस्ताे देखियाे। संगसंगै प्रधानमन्त्री प्रचण्डले रविकाे रास्वपा पार्टीकाे भागमा दिइएकाे गृहमन्त्री पद उनलाई वा उनकाे पार्टीलाई नदिने अड्डी कसे। यसरी चारैतिरबाट घेरामा पारिएका रविले आफु गृह मन्त्रालयमा फर्किने गुन्जायश नदेखेपछि आफ्नाे पार्टीलाई नै सरकारबाट हटाए- उनका ३ मन्त्रीहरूले पनि केहि काम गर्न नपाउँदै मन्त्रालयबाट बाहिरिनुपर्यो। त्यतिमात्र हैन लगत्तै पत्रकार सम्मेलन गरेर उनले नेपालका मूलधारका छापाहरूमाथी गम्भीर आराेपहरू लगाउँदै समर्थकहरूकाे भिड प्रयाेग गरेर हस्तक्षेप गर्ने धम्की समेत दिए। पूर्व अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे शैलि दाेहाेर्याउँदै उनले नेपाली प्रेश जनताकाे दुश्मन भएकाे आराेप लगाए। रविकाे पत्रकार सम्मेलनपछि उनका समर्थकहरू सामाजिक संजालमा उनले आक्रामक विराेध जनाएका प्रकाशक/सम्पादक र समग्र पत्रकारिता माथी नै अश्लील गाली गलाैजमा उत्रिएका छन्। उनिहरूले दशकाैदेखी पत्रकारिता गरेका सम्मानित कलमजिवीमाथी पनि अन्धाधुन्ध गाली र आराेपका फाेहाेरा बर्षाइरहेका छन्। रविकाे असहिष्णु शैलीले निराश मानिसहरू र उनका समर्थकहरूबीच चलेकाे जुहारीले स्वस्थ्य छलफल र आदानप्रदानका सिमावन्धन नाघेका छन् र समाज विपरित अतिवादी धारमा ध्रुविकरण भैरहेकाे स्पष्ट संकेत दिएका छन्।
रविकाे आक्राेश मूख्यत: देशकाे सबभन्दा ठूलो मिडिया हाउस कान्तिपुरमाथी केन्द्रित थियाे। उनले त्यसका प्रकाशक र उनका छाेरामाथी एउटा गम्भीर सवारी दूर्घटनालाई कान्तिपुरकाे पहुँचकाे बलमा लुकाएकाे देखी ब्यापारीहरूलाई धम्क्याएर व्यवसायहरुमा हिस्सा खाेसेकाेसम्म आराेप लगाएका छन्। आफुमाथीका आराेपहरूकाे दुबैजनाले सभ्य भाषामा खण्डन गरेपनि विवरणहरूकाे भरपर्दाे खुलासा गरिएकाे छैन, न त रवि समर्थकहरूले जथाभावी गाली गर्न नै छाडेका छन। नेपालमा पत्रकारितालाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्ने कान्तिपुर, हिमाल मिडिया देखी नयाँ खुलेका अनलाईन मिडियाका संचालक र पत्रकारहरू उनिहरूकाे घृणाकाे ताराे बनेका छन्। यि आराेपहरूकाे सत्यता पत्ता लगाउने र यथार्थ रिपाेर्टिङ् गर्ने जिम्मेवारी त्यतिबेलै आफ्नै पत्रकारलाई दिएकाे भए उनीहरूकाे साख र विश्वसनियता उँचाे हुन्थ्याे र आराेप लगाउनेहरूकाे मुख टालिन्थ्याे। सामाजीक संजालमा नेपालकाे लाेकतान्त्रिक आन्दाेलन, माओवादी जनयुद्ध, राजनीतिक भ्रष्टाचार, जनताका चासाेका हजाराैं विषयमा सशक्त कलम चलाएका अग्रज पत्रकारहरूलाई निकृष्ट ढंगले गालि गर्नेहरूकाे बाेलबाला छ। जनतालाई सुसुचित गर्ने र नागरिक अधिकारकाे चेतना जगाउन अहं भूमिका खेल्ने पत्रकारहरूमाथी खुल्लेआम धम्कि दिन थालिएकाे छ। देशमा सुशासन कायम गर्छु भनेर नयाँ राजनीतिक दल खाेलेका महत्वाकांक्षी नेताका हजाराैं समर्थकहरूले देशकाे दैनिकी अनि सरकार र प्रशासन यन्त्रकाे काम कारवाही विधिसम्मत भए नभएकाे सत्यतथ्य जनतामा पुर्याउने जिम्मेवारी लिएका पत्रकारलाई शत्रुवत व्यवहार गर्नु दुखद छ। यस्ताे परिस्थिति निर्माण गर्ने रवि लामिछानेकाे आक्रामक भूमिकाकाे वाहवाही गर्नु गैरजिम्मेवार मात्र हैन प्रत्युत्पादक हुन्छ। प्रतिशाेधबाट प्रेरित राजनीतिले न त रवि र उनकाे पार्टीलाई फाइदा पुग्छ न त देशलाई। जुन समाजकाे सुधार गर्ने भनेर राजनीति शुरु गरेकाे हाे त्यहि समाजकाे संचार अनि बाैद्धिक क्षेत्रलाई एक्ल्याएर गरिने राजनीति सफल हुनै सक्तैन। हाम्राे विकासाेन्मुख समाजले उग्रपन्थी राजनीतिक ध्रुविकरण थेग्न सक्तैन। शालिन हुनुपर्ने वहशहरू हिंसात्मक हुन थाले समाज हिंस्रक हुनजान्छ। भाेली भिडले भड्काएकाे स्थिति सम्हाल्न नसकिने भयाेभने नियन्त्रण गर्ने जिम्मा कसले लिने?
संगसंगै माथी उल्लेखित चुनाैतिहरूबाट गुज्रिएकाे प्रेस जगतले पनि आफ्नाे मूलधर्म निभाउनैपर्छ। अनैतिक र गैरकानूनी स्राेतहरुबाट आर्जित रकमले संचार चलाउने, पूर्वाग्रही समाचार छापिराख्ने, आफ्नाे पहुँच र शक्तिकाे आडमा राज्यका निकायहरुमा हस्तक्षेप गर्ने काम भैरहेकाे आराेपलाई धेरैले पत्याउन थालेभने समग्र संचार क्षेत्रप्रति वितृष्णा फैलिन्छ। मानिसहरू सामाजिक संजाल मार्फत भ्रामक तथा झुठा सूचना प्रवाह गर्ने अयाेग्य र अनिधिकृत समूहका संचार सामाग्री पढेर वा हेरेर झुक्किन थाल्छन् र सराेकारका मुद्दाहरूमा गलत अवधारणा प्रभावशाली हुन जान्छन्। दुई दशक अघि याे पंक्तिकार पनि नेपाली पत्रकारितामा संलग्न थियाे। त्यसैले हाेला पत्रकारिताकाे खस्दाे स्तर र यसप्रति बढ्दाे अविश्वासले आफ्नै चित्त दुखेेकाे। लगतै बेलायत आएर बिबिसीकाे जागिरेकाे रूपमा केहि बर्ष पश्चिमा पत्रकारितालाई नजिकबाट नियाल्न पाइयाे। बिबिसीकाे समाचार लेखन निर्देशिकामा हरेक समाचारमा त्यसमा उठान गरिएकाे विषयकाे पक्ष र विपक्ष दुवै आवाज समेट्नु अनिवार्य हुन्छ भनिएकाे छ। त्यति हुँदाहुँदै पनि बिबिसीलाई पूर्वाग्रही भएकाे आराेप लागिरहन्छ- सत्तामा रहेका र नरहेका विभिन्न शक्तिकेन्द्रहरूबाट। पूर्णतया जनताकाे करबाट चल्ने विश्वविख्यात बिबिसी संस्था माथी त पूर्वाग्रहकाे आराेप लाग्छ भने प्रविधि ले पेलिरहेकाे समयमा पारिवारिक लगानीले चलेका नेपाली अखबारमाथी पूर्वाग्रहकाे आराेप लगाइनु अस्वाभाविक भएन। तर मैले कान्तिपुरमा ३ बर्ष काम गर्दा समाचार सम्पादनमा मालिकहरूकाे हस्तक्षेप कहिल्यै देखिन। सन् २००२ तिर हुनुपर्छ तत्कालिन कान्तिपुरका सम्पादक/प्रकाशकहरूलाई अख्तियारले गिरफ्तार गरेकाे समाचारलाई तुरून्त हेडलाइन बनाएर सबभन्दा पहिला रेडियोबाट फुक्ने मै थिएँ। तर त्यसका लागि मैले कुनै स्पष्टीकरण दिनुपरेन न त कान्तिपुर रेडियाकाे जागिर नै खाेसियाे। मेराे सिमित अनुभव र ठम्याइ अनुसार नेपालकाे समाचार रिपाेर्टिङ्मा सबैभन्दा उत्कृष्ट काम गर्नेहरू मध्येका हरिबहादुर थापा, सुधिर शर्मा लगायतकाे पत्रकारिता रविले औंला ठड्याएका दुई संस्था कान्तिपुर, हिमाल खबरपत्रिकाबाट खारिएकाे हाे। त्यसाे भन्दैमा यिनिहरूबाट गल्ति नै हुँदैन भनेर बचाउ गर्ने पक्षमा छैन किनभने अहिलेकाे समय र परिस्थिति त्यसबेला भन्दा भिन्नै हुनसक्छ। रविकाे अभुतपूर्व राजनीतिक आराेहणबाट केहि संचारकर्मीमा ईर्ष्या जागेकाे नहाेला भन्न पनि सकिन्न। तर कमजाेरी किटानी गरेर सुधार्न दवाव दिनु न्यायाेचित हाे, अनर्गल आराेप लाउँदै भिंडद्वारा न्याय दिन्छु भन्नु आपत्तिजनक कुतर्क हाे।
रविकाे सुशासनकाे नाराबाट धेरै नेपालीहरू उत्साही भएकाे गत आम निर्वाचनमा उनकाे पार्टीले पाएकाे मतबाट प्रष्ट हुन्छ। संगसंगै उनले नागरिकता कानून उल्लंघन गरेकाे पुष्टि भैसकेकाे छ भने गलत तरिकाबाट नेपाली पासपाेर्ट लिएकाे पनि आफै स्विकारिसकेका छन्। त्यसैले प्रचलित कानूनले ताेकेकाे सजायँ बेहाेरेर सबै अभियाेगहरूबाट सफाई पाएपछि मात्र राजनीतिमा फर्कनुकाे विकल्प उनीसंग छैन। भावनात्मक कमजाेरी र केटाकेटीपन त्याे दिनकाे पत्रकार सम्मेलनमा छताछुल्ल भएपछि उनकाे राजनीतिक कद हाेचाे भएकाे पनि ठानिएकाे छ। यद्यपी मूलधारका दलहरुकाे ज्यादतिले आक्रान्त मतदाता सामु नयाँ नारा लिएर उदाएकाे दल र नेतृत्वलाई जनमतका वावजुद राजनीतिमा फर्किन प्रतिवन्धित गर्न खाेजियाे भने नेपालकाे लाेकतन्त्र कमजाेर हुन्छ। रविकाे राजनीतिक जीवन एकपछि अर्काे विवाद सृजना गरेर मास्न खाेजियाे भनेपनि उनकाे पक्षमा रहेकाे समाजकाे आक्राेशित वर्ग उद्वेलित हुने खतरा हुन्छ। त्यसैले रविकाे अराजनीतिक वक्तव्यबाजीले पीडित प्रकाशक, पत्रकारहरूले आफ्नाे पेशागत धर्म निभाएर उनलाई उचित स्थान दिनैपर्छ। उनका गल्तिलाईमात्र केलाउने हैन, कानून उल्लंघनमा राज्यबाट भएका कमजाेरी औंल्याएर दुरुपयाेग भएका राज्यसंयन्त्रका भ्वाङहरू टाल्न कृयाशिल हुनुपर्छ। संविधान, कानून र कानून कार्यान्वयन गर्ने संयन्त्रमा भएका अस्पष्टताहरू केलाएर, विवादित विषयहरू फेरी नउठ्ने गरि निराेपण गर्न संसद र राज्यलाई दवाव दिनुपर्छ। लाेकतन्त्रमा राजनीतिज्ञका वास्तविक न्यायाधीश मतदाताहरू नै हुन्। रविले अहिले प्रकट गरेकाे अराजनीतिक चरित्रकाे पैरवी र फैसला मतदाताबाटै होओस। नेपाली प्रेससंग रवि लामिछानेले छेंडेकाे लडाईमा युद्धविराम हाेस र यसमा रविकाे राजनीतिभन्दा धेरै परिपक्व नेपाली संचार जगतले पहिलाे पाइला चालाेस। पत्रकारिताले कसैसंग पूर्वाग्रह नराखी स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरेर प्रेसकाे आयु बढाउँदै लगाेस। किनभने देशकाे लागि शसक्त र विश्वसनिय प्रेस कुनै व्यक्तिको राजनीतिक महत्वाकांक्षाभन्दा महत्वपूर्ण हुन्छ। नेपाली प्रेसले निर्भिक र निष्पक्ष पत्रकारिताबाटै भिडतन्त्रलाई परास्त गर्नसक्छ। प्रेससंग सम्वन्ध नसुधारी रविकाे राजनीतिपनि उँभाे लाग्नेवाला छैन।
10 days of noble silence: My experience with the Vipassana Meditation camp in Blue Ridge, Virginia
Camp Jaycee, Blue Ridge VA |
I was very happy that I didn't have to cancel something I so dearly wanted to experience. I packed my bag with clothes, pillow, bedsheets and toiletries, and headed to the train station where Sanjeeb agreed to pick me. Sanjeeb was, as Americans would call him, awesome! He looked newer than his Toyota Corolla. A young man funding his study with his own means had his car on the bottom of his priority pyramid. But the Corolla took me by surprise- it was like an epic book with torn covers. It ran as smoothly as butter, even in some mountain stretches that resembled the Daaunne Ko Ukalo in Nepal.
So after a 5 hour journey with a lot of chitter-chatter and a veggie lunch break in between, we got to Camp Jaycee.The lunch was unforgettable. For $3.99 each, it was the cheapest Chinese buffet I had ever had in my life. And boy, it was not bad! At 5 o'clock in the evening, we had reached the camp. The registration was completed, our mobile phones and valuables were handed over. We had a light evening meal with fellow students and we were introduced to our assistant teacher (late SN Goenka who structured the Vipassana course and spread it outside Burma is regarded as the teacher, and those who instruct students in a meditation camp are his assistants) and managers. We were briefed about the course and the dos and donts. For the next 10 days all men would be separated from female students, we would not cross our boundaries, never speak to anyone, and observe the five precepts of Budhha's teachings: I will refrain from telling lies, stealing, killing, having sex and taking intoxicants (alcohol and drug). There were 3 more precepts for old students (who had undertaken a course earlier). You would only get limited amount of vegetarian food during the course period.
Most of the Vipassana camps across the world are permanent facilities owned by the Dhamma organizations. Majority of them have state of the art meditation, resting and dining facilities. The Camp Jaycee at Blue Ridge, however, is a rented property and has a number of limitations. The Mid Atlantic Vipassana Association (MAVA) rents the property to organize meditation camp once or twice a year.
There were a meditation hall, a dining hall partitioned into two for men and women, about a dozen bungalows, toilet facilities and a car park. Each bungalows had about a dozen beds spread left and right of a passage in the middle, and a couple of toilets and showers to share with fellow boarders. An adjoining cabin had sitting facilities, where you could relax and enjoy the jungle outside. Having to wake up at 4 with the chiming bells, and being allowed to take rest only after 9 in the evening when the last meditation ends, many struggle to sleep well when there are other strangers around. Not being able to communicate with one another makes it even more difficult, as your mind keeps flooding with so many thoughts. On the second night, there was this guy who walked around with his rucksack on, and I began to liken him to a guy with guns and lied down cowered for hours before falling asleep. You don't get a good sleep at least for a few days until you have settled to this new environment.
The food
Vipassana course has strict meal rules. You would get a breakfast at 6.30 in the morning and your lunch at 11. You would then get few fruits and a tea at 5 in the evening, and that is all.The old students are only allowed to have tea in the evening. Breakfast was fine- a variety of breads, cereals and fruits with a selection of preserves and condiments. The lunch was pretty average, lots of variety but far from the spicy blends we Asians are used to with. Whenever something tasty was served, there was a rush amongst the male meditators. And it would finish before everyone came in. At the beginning, the weird sounds of stomachs churning would interrupt your concentration in the meditation hall. I kept struggling to stop salivating thinking about my dinners.You had no choice over your food, the management made a list of menus and the volunteers followed the manuals to bring food that had no consistent taste to your table. However, there were healthy salads, beans and vegetables that forged a nutritious balance. The cost of a meditation camp is paid for by the donations of the old students. (Students donate according to their means and wills at the end of a Vipassana camp). This includes the purchase of grocery. The idea being that the new students live a life of a hermit, eating foods donated by others.
The meditation technique
The class starts with a discourse of S N Goenka in the first evening. He introduces the technique of Ana Pana, where you sit in a comfortable position, close your eyes and try to observe your breathing. You return to your quarters and from the next morning, 10 days of lengthy meditations begin. For the first two days you continue Ana Pana, observing your breath and learning to focus and medtitate in a stable posture. This prepares you for the Vipassana meditation due to begin on the third full day of the course. However, the first two days also make you more agitated as you try to comprehend the technique and experience its effectiveness. The instructions are often repetitive and you start to feel bored. The combination of repetitive instructions, uncomfortable and tiresome sittings, food discipline, sleep deprivation and quietness had made me contemplate leaving the course on the second day.We later found out that two students had left the camp on the third morning.
From the third day, Vipassana meditation starts. By this time, I could get used to with my posture. I could sit on lotus position for hours without moving. And the meditation was about observing the sensations throughout the body. You are instructed to close your eyes and feel the sensations from head and move downwards to the feet and vice versa.
You would feel pleasing sensations, unpleasant sensations and various subtle sensations, but would observe them equanimously and without reacting to any of them. You would not crave for pleasant sensations and you would not have aversion for unpleasant sensations, and keep moving your focus to different parts of the body. In this way, you would understand that all sensations- pleasant, unpleasant and subtle ones were temporary, and you would learn just to observe them and let go without reacting. SN Goenka explains that our body reacts with pleasant or unpleasant sensations to everything we hear or see or feel, and practicing Vipassana would strengthen your resistance to such sensations, thus making you immune from the cravings and aversions of the material world. When you have no cravings or aversions, you can effortlessly handle the ups and downs of your life. You become the master of your mind and body, you become enlightened. This idea made a lot of sense to me as days passed by.
On the 10th day, you are taught a meditation technique called Metta Bhavna. This is about wishing well of everyone in the world. At the end of your Vipassana sessions, you think of everyone else and wish for their happiness and well being. Your meditation is more fruitful when you end it thinking about the well being of others- every living beings of the world!
The discourses
The discourse videos of late SN Goenka were the highlights of the meditation camp for me. The one-hour long recorded videos were played every evening, beginning from 7 o'clock. In the discourses, he explains about Dhamma- the law of nature and the changing characteristics of everything around us. Taking references from Budhha's life and teachings, giving examples with interesting stories and anecdotes and making subtle and witty remarks about human behaviors, his discourse videos persuade us to realize the fragility of our ephemeral life. "The art of living is to recognize that everything around our life is temporary, and to resist indulging on temporary sensations", he says. "Our mind is being used as a bottomless bucket where we keep filling in our desires. The more we fill in, there's room for more. Each desire turns into a misery and we end up carrying a mountain of miseries on our head." He backs his argument with scientific reasoning too: our body is composed of tiny sub-atomic particles (known as Kalapas in Buddhism) constantly reacting to each other and changing every seconds. As we are morphed into a new composition of matter each seconds, we have a new oneself. Like, when a river flows, the wave of water in front of our eyes moves downstream and a new wave comes along. The river is a wave or a bulk of water constantly flowing- one after another. We think its the same, but we are witnessing a new river every moment. So is our life.
Our mind is so powerful
Science has already explained how wonderful and powerful human mind is. I had read a lot about this before. But, Vipassana has helped me to experience the greatness of human mind-first hand. Although the idea of Vipassana is not to get lost in our thoughts, I couldn't stop it from traveling to the memory lanes during the lengthy solitude. And I was absolutely thrilled to see through each and every events of my past, as everything came up one after another like motion pictures. I saw every individuals I met in my life exactly how they were when I last saw -each of them! I could even remember the poems, stories and mathematical formulae I had long forgotten. I now know by personal experience that everything we come across at every instants of our life is stored in our mind and they remain there forever. We react to new situations based on previous experiences stored in our mind.
And finally
PS: These are my personal experiences and recollections of the meditation camp and may not be the exact description of the proceedings. Please refer to official publications for formal documents and information.